|

विराटनगर :  प्रदेशको नाम र राजधानी टुंग्याउन १ नम्बर प्रदेशका राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ। 

विराटनगरको रोडषेशस्थित बिग होटलमा सुरु बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राई सहभागी छन्।

प्रदेशको नाम र राजधानीमा नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिन सक्ने देखिएको छ। नेकपाका पदाधिकारी तथा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर र मोरङका सांसदहरुबीच बिहानैदेखि छलफल जारी छ। 

यस्तै नेकपाले अन्य जिल्लाका सांसदहरुसँग पनि दुई चरणमा छलफल गर्ने जनाएको छ। छलफलपछि आउने निष्कर्षका आधारमा छोटो समय संसदीय दलको बैठक बसेर नाम र राजधानी टुंग्याउने नेकपाको तयारी छ। 

स्रोतका अनुसार दिनभरको छलफलमा निष्कर्ष ननिस्के नाम र राजधानीको प्रस्ताव हाल्ने समयसीमा बढाउनेबारे पनि सभामुख प्रदीपकुमार भण्डारीसँग छलफल भएको छ। 

दलहरु छलफलमै व्यस्त भएको कारण देखाउँदै आज १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख भण्डारीले प्रदेशसभाको अर्को बैठक २२ गते दिनको १ बजेलाई बोलाइएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.