जगदीश घिसिङले बनाए राष्ट्रिय रेकर्ड

|

 पोखरा : सुन्दर नगरी पोखराको फेवाताल छेउमा घोडा दौड प्रतियोगिता भएको छ। नेपाल इक्वस्ट्रियन एसोसिएसनको आयोजना र नेपाल आर्मीको संयोजनमा भएको पाँचौँ घोडादौड प्रतियोगिता भएको हो। प्रतियोगितामा घोडासँगै विभिन्न विधाका खेल कौशलकाे प्रस्तुति पनि गरिएको थियो। प्रतियोगितामा अधिकांश नेपाल आर्मीबाट र चारजना खेलाडी मात्रै सर्वसाधारण थिए।

प्रतियोगिताको हाइजम्पतर्फ राष्ट्रिय रेकर्ड तोडिएको छ। अहिलेसम्म रामहरि खड्काको नाममा रहेको ५.५ फिट उचाइको रेकर्ड शुक्रबार नेपाल आर्मीका जगदीश घिसिङले आफ्नो नाममा राखे। घिसिङले सम्मोहन नामको घोडाको साथमा ५.९ फिट उचाइमा आफ्नो रेकर्ड राखेका हुन्। प्रतियोगितामा विजेता खेलाडीलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.