|

काठमाडौं : नायिका तथा निर्देशक रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा हिन्दुत्व र राष्ट्रियताको रक्षा हुने देखेका कारण पार्टी प्रवेश गरेको बताएकी छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेशका क्रममा उनले नेपाल हिन्दु राष्ट्र भएकाले हिन्दुत्वका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको बताइन्। उनले आफ्नो यो पहिलो पार्टी भएको उल्लेख गर्दै यसअघि आफूले कुनै पनि पार्टीको सदस्यता नलिएको समेत प्रष्ट पारिन्।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले फूलमाला लगाइदिएर पार्टी प्रवेश गराएका छन्। यसका साथै नायिका थापालाई अध्यक्ष थापाले पार्टीको सदस्यता समेत प्रदान गरेका थिए। 

२०६५ मा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि माओवादीले सुरु गरेको आन्दोलनका क्रममा नायिका थापा प्रचण्डसँगै भद्रकालीमा नाचेकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीबाट पर्सा जिल्लाबाट चुनाव लड्ने चर्चा गरिएपनि उनी उम्मेदवार भएकी थिइनन्। साथै त्यस समयमा उनको मतदाता नामावलीमा नाम समेत नभएको समाचार आएको थियो।

पछिल्लो समय नायिका थापा गायिका कोमल ओलीसँग नजिकिएको र छिट्टै पार्टी प्रवेश गर्ने तयारी रहेको भनाइ समेत सामाजिक सञ्जालमा आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.