|

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीकोे अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मिता दाहालको स्वर रहेको यो गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटा संगीत छ । गीतको संगीत संयोजन सञ्जीब बराइलीले गरेका छन् ।

कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।  

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायत स्थानमा म्युजिक भिडियो छायांकन गरिएको हो । उक्त गीतको निर्माण सरोज ओलीले गरेका हुन् ।

हेर्नुहोस् म्यूजिक भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.