|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बजेटको अवस्था नहेरी नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको चर्को आलोचना गरेका छन।

कांग्रेस नेता सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश गरिएका नारा राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्रोत र साधन भने नभएको धारणा राखे।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सिंहले आगामी चार वर्षभित्र दोहोरो आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य नीति तथा कार्यक्रममा भए पनि त्यसका लागि स्रोत र साधनको व्यवस्था गर्न भने सरकारले गर्न नसकेको बताए। मुलुकलाई सन् २०३० भित्र मध्यम आए भएको मुलुक बनाउन तत्कालका लागि करिब १४ खर्ब बजेट थप चाहिने भए पनि सरकारले त्यो बजेट कहाँबाट ल्याउने? भनि कुनै योजना नीति तथा कार्यक्रममा समावेश गर्न नसकेको उनले बताए।

नेता सिंहले काठमाडौंलाई धुलोमुक्त बनाउन नसक्ने सरकारले राजमार्गमै हवाई जहाज ल्याण्ड गराउने योजना सारेको भए पनि स्पष्ट योजना नभएको धारणा राखे। उनले सरकारको नीति तथा कार्यक्रम माध्यामिक तहका तेज विद्यार्थीले खेलेको निबन्ध जस्तो भएपनि त्यसको कार्यान्वयनका लागि विश्वसनीय आधार नभएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.