'सबैले मेरो सरकार भन्‍नुपर्छ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना दिउँसै देख्नुपर्ने बताएका छन् । 

संसद्‍मा प्रस्तुत नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ओलीले धेरैले सपना भनेको राति मात्रै देख्ने बुझेको बताए ।

‘सपना भनेको राति मात्रै देखिने कुरा भन्ने लागेछ । देश बनाउने कुराको सपना हो, हाम्रो भविष्यको सपना हो’, उनले भने, ‘निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन, जागेरै देख्ने सपनाको कुरा गरेको हो । सहिदको सपना भनेको निदाएर देखिने सपना होइन ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षीले गरेको सरकारको विरोध ‘पहाड खन्दा मुसो पनि ननिस्किने’ जस्तो भएको बताए । ‘प्रतिपक्षीले विरोध गर्छ तर पहाड खन्दा मुसो निस्के जस्तै भएको छ’, उनले भने, ‘राष्ट्रपतिले ‘मेरो सरकार’ भनिन् भनेर आलोचना हुन्छ । विश्वका धेरै देशमा मेरो सरकार भन्ने चलन छ, जनताले मेरो सरकार भन्दा राष्ट्रपतिले किन भन्न हुँदैन ? सबैले मेरो र आफ्नो सरकार भन्नुपर्छ।’

प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बेलायतकी महारानीको जस्तो सम्बोधन राष्ट्रपतिको भनेर गरेको टिप्पणीप्रति ओलीले रोष प्रकट गरे । ‘बेलायत हाम्रो मित्र राष्ट्र हो, त्यसैले छिमेकीबारे नकारात्मक टिप्पणी हुनुहुँदैन’, उनले भने, ‘आलोचना गर्दा छिमेकीमाथि आघात पुग्छ भन्ने विपक्षीले हेक्का राखुन्।’

कम्युनिष्ट सिद्धान्त भनेको गरिबीको वितरण गर्नु हो भन्ने कुरा अब ओझेलमा परेको ओलीले बताए। ‘कम्युनिष्ट सिद्धान्त भएका भियतनामहरु अहिले विकासको चरम सीमामा छन्’, उनले भने, ‘हाम्रो नीति तथा कार्यक्रम देश विकासका लागि हो। तर यसलाई तानाशाही देखियो । हामी अभ्यास गरिरहेका छौँ, अभ्यासलाई मिलाउँदै जानुपर्छ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.