कांग्रेस सांसद्‍ले विरोध जनाए

|

काठमाडौं : आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले 'आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति'लाई वास्ता नगरी जवाफ दिन्छु भनेपछि संसदमा लफडा भएको हो । त्यसपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले उभिएर संसद अवरोध गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमाथि प्रधानमन्त्री ओलीले जवाफ दिएपछि प्रतिपक्षी सांसदहरुले थप प्रश्न गरेका थिए । स्पष्टिकरण रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले 'आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति' लाई वास्ता नगरी जवाफ दिने भन्दै बोल्न थालेका थिए । 

त्यसपछि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका हुन् । अर्कातिर नीति तथा कार्यक्रममाथि सांसदहरुले प्रश्न सोध्ने क्रममा अपशब्द प्रयोग गरेको प्रधानमन्त्री केपी शर्मा ओली पनि रिसाएका थिए ।

सांसदहरुले सोधेका प्रश्नमाथि स्पष्टिकरण दिन रोस्टर्ममा पुगेका प्रधानमन्त्री प्रयोग गरेका शब्दलाई लिएर सांसदहरुले विरोध जनाए । अर्कातिर प्रश्न सोध्दा अपशब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीले पनि आपत्ति प्रकट गरेपछि प्रतिपक्षी सांसदहरु रिसाएका हुन्।

रोष्ट्रममा पुगेर स्पष्टिकरण दिने क्रममा प्रधानमन्त्रीले रिसाउँदै अपशब्द प्रयोग गरिएको बताएका थिए । तर प्रतिपक्षी दलका सांसदहरुले भने प्रमले प्रयोग गरेका शब्दमा आपत्ति जनाए । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । 

कांग्रेसका सांसदहरुले उठेर विरोध जनाइरहेकै समयमा सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमको प्रक्रिया अगाडि बढाएका थिए । 

संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गरे । उनले एउटा व्यक्तिका लागि नागरिक झुक्नुपर्ने, संसद झुक्नुपर्ने अवस्था आउन नहुने बताए । 

नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसका सांसद्‍हरुले प्रधानमन्त्रीले प्रयोग गरेको शब्दमा आपत्ति जनाउँदै विरोध गरे पनि नीति तथा कार्यक्रम पारित भएको छ। कांग्रेस सांसद्हरु र प्रधानमन्त्रबीच जुहारी चलिरहँदा सभामुख कृष्णबहादुर महरा केही हड्बडाएका थिए । 

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि महराले अन्तिममा भने, 'सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०४६ को नीति तथा कार्यक्रम पास भएको छ।' तर कर्मचारीले गल्ती भएको बताएपछि उनले सच्चाएर २०७६ भन्दै नीति तथा कार्यक्रम पास भएको घोषणा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.