|

सप्तरी : सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा दुई दिनको अवधिमा नौमहिने नाबालिकासहित दुईजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका-५ मा बुधबार बिहान साढे १० बजे विषालु सर्पले टोक्दा नाबालिकाको मृत्यु भएको हो।

तिलाठी कोइलाडी-५ बनरझुलाका रञ्जितकुमार रायकी नौ महिनाकी छोरी प्रियाकुमारी रायलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आफ्नै घरसँगै जोडिएको ठूलोबाबु दिनेशकुमार रायको आँगनमा खेल्ने क्रममा प्वालमा दाहिने हात पसाउँदा गोमन सर्पले टोकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, जिल्लाको रुपनी गाउँपालिका-२ स्थित रुपनी राजविराज सडक खण्डमा राजविराजतर्फ जाँदै गरेको मोटरसाइकलकले ठक्कर दिँदा घाइते भएका साइकल यात्रीको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। साइकल चढेर आफ्नो घरतिर आउँदै गरेका स्थानीय ४५ वर्षीय महेन्द्र यादव मंगलबार साँझ स.६ प.१८७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

घाइते यादवलाई तत्काल उद्धार गरी विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको  बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.