|

काठमाडौं : राजधानी सहर यतिबेला बैजनी रंगले भरिएको  छ। सहरका साना ठूला सडक छेउमा बैजनी रंगका फूलहरुले ढाकिएका छन्। सडकमाथि जुरुक्क उठेका तिनै रुखको भुइँ पनि यति बेला बैजनी फूलले पोतिएको छ।

धेरैले यिनलाई शिरिशको फूल भन्छन् त कसैले  यिनलाई भैगेरी फूल भनेर पनि चिन्छन्। कतै यसको अर्को नाम पनि छ वीरेन्द्र फूल। यसो भन्‍न्को पनि खास अर्थ छ। यो फूलको विरुवा तत्कालीन राजा वीरेन्द्रको पालामा नेपालमा ल्याइएको थियो। यसलाई नेपाली नाम दिने क्रममा वीरेन्द्र फूल भनिएको हो।

हरेक वर्ष वसन्त ऋतुमा फुल्ने यो फूल अहिले काठमाडौंका सडकमा मगमगाइरहेको छ। चैत वैशाखमा फुल्ने यो फूलले यतिखेर काठमाडौंको वातावरण नै मनमोहक बनाइदिएको छ।

यो वनस्पतिको मूल थलो दक्षिण अमेरिका हो । यसलाई धेरैले जकाराण्डा भनेर चिन्छन्। जकाराण्डालाई मिमोसेफिलिया नामले वनस्पति विज्ञानले चिन्‍ने गर्दछ।

आकर्षक बैजनी रंगको फूलले दक्षिण अमेरिका हुँदै विश्वभर फैलीएको हो। यो रुखको विशेषता भनेकै जब यो फुल्छ, शहरको वातावरणलाई रंगिन बनाइदिन्छ। यो फूल फुलेको समय जताततै फोटो खिचौँ खिचौँ लाग्ने हुन्छ।

जकाराण्डा फूल्दा...

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.