मनोरञ्जन

‘सच्चा सपूत' गीत बजारमा (भिडियो)
SHARES

बैशाख २७, २०७६

    काठमाडौं :  काक्रेविहार म्युजिक प्रालिको प्रस्तुतिमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘सच्चा सपूत' सार्वजनिक भएको छ। नेपालको परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने महान् व्‍यक्तिहरूको कामको उच्च मूल्यांकन गर्दै गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन्।

    गीतमा सञ्चारकर्मी रवि लामिछाने, धुमुस सुन्तली, लोक गायक कृष्ण कँडेल, बेचिएका चेलीको उद्दारमा सक्रिय अनुराधा कोइरालाको योगदानलाई समेटिएको छ। भाग्य न्यौपाने, शिशिर भण्डारीलाई पनि गीतमा देख्न सकिन्छ। गीतमा शब्द तथा संगीत टोपेन्द्रले भरेका छन्।

     गीतमा राजु श्रेष्ठको छायांकन, रञ्जना पौडेलको सम्पादन तथा दीपक जलनको निर्देशन देख्न सकिन्छ।

    भिडियो 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]