|

उदयपुर : उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण आगामी जेठ २५ देखि ३२ गतेसम्म हुने भएको छ। गोल्डकप मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीका अनुसार प्रतियोगितामा ए डिभिजनका चारसहित आठ टिमको सहभागिता हुनेछ।

उनका अनुसार सम्भावित टिमको रूपमा थ्रीस्टार, विभागीय टोलीहरू नेपाल पुलिस, सशस्त्र र आर्मी तथा झापा, मोरङ र सुनसरीलाई प्रतियोगितामा सहभागी गराउने गरी तयारी गरिएको छ। 

प्रतियोगिताको तयारीस्वरूप खेल मैदान व्यवस्थापनसँगै प्रायोजक र टिमको टुङ्गो लगाउने काम भइरहेको अध्यक्ष चौधरीले बताए। प्रतियोगिताको मैदान सम्याउने र घाँस उमार्ने काम सकिएपनि वाँसको प्रयोग गरेर प्याराफिट निर्माणको काम थालिएको छ। थरुहट उदयपुर रंगशाला गाईघाटमा सञ्चालन हुने प्रतियोगिताका लागि यसअघि नै पाँच वटा सिमेन्टेड प्याराफिट निर्माण गरिएको छ। ‘एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा ७० हजार दर्शक रहने अनुमान छ', उनले भने, ‘भीआईपी प्याराफिट सहित रंगशालामा एकै पटकमा १२ हजार दर्शक अट्ने क्षमता छ।’

उदयपुर गोल्डकपलाई अन्तर्राष्टिय रुपमा परिचित गराउन यो सिजनमा सिक्किम एफसीलाई ल्याउने तयारी भइरहेको उदयपुर गोल्डकपका संरक्षक तथा एन्फा प्रवक्ता किरण राईले बताए। ‘उदयपुर गोल्डकपलाई अन्तर्राष्ट्रियकरण गर्दै लाने तयारी समेत भएको छ,’ उनले भने।

२०६८ सालमा १ लाख प्रथम पुरस्कारबाट सुरु भएको उदयपुर गोल्डकप छैटौँ संस्करणसम्म आइपुग्दा पुरस्कार राशि बढाएर सात लाख पुर्‍याइएको छ। द्वितीय हुनेले चार लाख हात पार्ने आयोजकले जनाएको छ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार र अन्य पाँच विद्यामा २०\२० हजार पुरस्कार राशि घोषणा गरिएको छ। 

प्रतियाेगिता पहिलो, दोस्रो र पाँचौ उपािध थ्रीस्टारले जितेको थियो।तेस्रो र चौथौ अफ्रिकन युनाइटेड र रूपन्देहीले हात पारेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.