विश्व

लिबियामा डु‌ंगा डुब्दा ६५ जनाको मृत्यु
SHARES

बैशाख २८, २०७६

    लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा पल्टिँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार उक्त डुंगा ट्युनिसिया नजिकको समुद्री क्षेत्रमा दुर्घटनामा परेको हो।

    यूएनएचसीआरका तर्फबाट जारी विज्ञप्तिमा दुर्घटनामा परेका १६ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ। उद्धार गरिएका व्यक्तिहरुका अनुसार बिहीबार लिबियाबाट युरोपतर्फ प्रस्थान गरेको डुंगा समुद्रमा तीव्र रूपमा उठेका लहरहरूका कारण दुर्घटनामा परेको हो।

    सामुद्रिक बाटो हुँदै गैरकानूनी रूपमा युरोप छिर्ने थुप्रै आप्रवासीहरूको भूमध्य सागरमा डुंगा दुर्घटनामा मृत्यु हुने गरेको छ। यस वर्ष यो नै सबै ठूलो दुर्घटना भएको अधिकारीहरूले जनाएको छ। यसै वर्ष भएका विभिन्न दुर्घटनामा करिब १०० जनाको मृत्यु भइसकेको छ। सन् २०१७ मा इटलीले लिबियालाई तटीय क्षेत्रमा सुरक्षा बढाउन र गैरकानुनी रूपमा आप्रवासीहरूलाई युरोप छिर्न नदिन दबाब दिएपछि पछिल्ला दुई वर्ष आप्रवासीहरूको युरोप छिर्ने दरमा केही कमी भए पनि बन्द भने भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]