|

दाङ: जिल्लाको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक ब्यक्तिको मृत्यु भएको छ। शनिबार दिउँसो सवा १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ७ को प्रसेनी चोकमा रहेको ‘प्रसेनी’ लेखेको बोर्डमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो।

रा ३ प ६९२८ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका ११ निवासी २१ वर्षीय जुगराम चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। दुर्घटनामा परी घाइते रहेका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचारपछि थप उपचारका लागि घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदबिक्रम शाहले बताए।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार तुलसीपुर १५ पहरुवा निवासी २० वर्षीया अम्बिका चौधरी घाइते भएकी छन्। हात, खुट्टामा गम्भीर चोट लागेका उनलाई राप्ती प्रादेशिक उपचारमा सामान्य उपचारपछि थप उपचारका लागि कोहालपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.