|

संखुवासभा : राष्ट्रिय गौरवको अरुण तेस्रो जललविद्युत आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको छ।

भारतीय निर्माण कम्पनी सतलजले ठेक्का लिएको परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियटस र पावर हाउस दिदिङमा पट्टेल इन्जिनियरिङ कम्पनीले कामको जिम्मा लिएर काम गरिरहेका छन्। मकालु गाउँपालिकाको फ्याक्सिदामा सहायक सुरुङको काम सकाएर मुख सुरुङ निर्माण ३८० मिटर पुर्‍याइएको सतलज कम्पनीले जनाएको छ। ११ किलोमिटर रहेको सुरुङ आठ स्थानबाट खन्ने काम भइरहेको छ।

सतलज कम्पनीले ढुवानी सेवालाई सहज बनाउन सडक निर्माण कार्यलाई समेत तीव्रता दिएको बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिसकुमार शर्माका अनुसार पावर हाउस जाने छ्याङकुटी दिदिङ सडकखण्डको निर्माण सम्पन्न भइसकेको र अन्य स्थानको समेत अन्तिम चरणमा पुगेको बताए। 

ड्यामसाइड र पावर हाउस रहेन स्थानमा विद्युत् पु¥याउन खाँदबारी वितरण शाखासँग सहमति गरेर तिरतिरे सबस्टेसनबाट ३३ केभी प्रशारण लाइनको पोल गाड्ने काम समेत धमाधम भइरहेको छ। आयोजनाले टा«न्समिसन लाइन केही महिनामै सुरु गर्न जनाएको छ। आयोजनाले सात जिल्लामा ५०१ टावर निर्माण गर्ने जनाएको छ। 

ट्रान्समिसन लाइनका आवश्यक जग्गा अधिग्रहण गर्न सात वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले प्रत्राचार गरी मुआब्जा निर्धारण गर्न कार्य अन्तिम चरण पुगेको बताएको छ। अहिलेसम्म विभिन्न क्षेत्रमा ८८० करोडभन्दा बढी खर्च भइसकेको सतलज कम्पनीले जनाएको छ। 

ड्यामसाइड र पावर हाउस निर्माणका लागि २ हजार ४०० भारतय र नेपाली कामदार रहेको कम्पनीले जनाएको छ। आयोजनामा तीन हजार स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर दिने, सीप नभएका स्थानीयलाई तालिम दिने लगायतका व्यवस्था पिडिएमा उल्लेख छ। 

अरुण तेस्रो जलविद्युत परियोजना लामो समयदेखि निर्माण हुने भनिए पनि निर्माण कार्य भएको थिएन। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्षको बैशाख २८ मा काठमाडौंको एक होटलबाट स्वीच थिचेर संयुक्त रुपमा शिलान्यास गरेका थिए। त्यस यता कामले तीवप्रता पाएको हो।

२०४२ सालदेखि निर्माणको चर्चा चलेको भए पनि राजनीतिक दलको खिचातानीका कारण पटक–पटक स्थगित हुँदै आएको थियो।  पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.