|
File Photo

कञ्चनपुर  : नेपाल-भारत सीमा नाका गड्डाचौकी आसपासका क्षेत्रमा अवैध रूपमा पार्किङ शुल्क असुल्ने दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रवेश गर्ने सवारी साधनहरूबाट भीमदत्त नगरपालिकाका नाममा पार्किङ शुल्कबापत रसिद काटी अवैध शुल्क असुल्दै गरेका बेला दुई जनालाई ठेलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

उनका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ११ का पवन राज भट्ट र सोही नगरपालिकाको वडा नं १० का तारा दत्त भट्ट रहेका छन्। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ (अपराधिक लाभ लिन नहुने) विपरीत कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको छ।

अबैध रुपमा बालुवा उत्खनन् गर्ने तीन टिप्पर नियनत्रणमा

अवैध रूपमा बालुवा उत्खनन् गर्ने कार्यमा संलग्न तीन वटा टिपरलाई बेदकोट नगरपालिका ४ को बगुन खोलाबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा अवैध रूपमा बालुवाको चोरी निकासी भइरहेको ठाउँमा पुगी से १ क ५११, से१ क ५१२ र म१ क ३२८ नम्बरका टिपरसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि बेदकोट नगरपालिकामा बुझाएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.