|

धनकुटा : शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सोमबारको खेल सुनसरीको धरान फुटबल क्लब र दाफिन्स फुटबल क्लब क्यामरुनबीच हुँदैछ। 

धनकुटाको तल्लो टुँडिखेलमा अपराह्न ३ बजे खेल सञ्चालन हुने आयोजकले जनाएको छ। धरान फुटबल क्लब ए डिभिजन लिगमा खेल्ने खेलाडीले भरिएको टिम हो भने दाफिन्स फुटबल क्लब पछिल्लो समय नेपालका मोफसलमा सञ्चालित प्रायः प्रतियोगितामा उपाधि कब्जा गर्दै आएको टिम हो।

शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न आठ टिम सहभागी छन्। शनिबारको खेलमा रोयल फुटबल क्लब भारतलाई पराजित गर्दै विन्ध्यवासिनी मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ भने आइतबारको खेलमा आयोजक धनकुटा पराजित गर्दै बिर्ता युनाइटेड क्लव सेमिफाइनलमा पुगेको छ। 

प्रतियोगिताको विजेता टिमले चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) खेलाडीबाट पुरस्कृत हुनेछन् भने उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.