|

रौतहट : उपराष्ट्रपति नन्दबहादुर पुनले  दक्षिण नेपालको सीमा क्षेत्रकाे रक्षा अरु कसैले नगरेर मधेसीले नै गरेको बताए। रौतहटको कटहरिया नगरपालिकामा सोमबार आयोजित जानकी जयन्ती समारोहको उदघाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन।

उपराष्ट्रपति पुनले सीमा क्षेत्र अतिक्रमण जोगाउने मुख्य काम मधेसवासीले गरेको बताए। ‘सीता जन्मेकाे यो पबित्र भूमिको सीमा क्षेत्रको रक्षक भनेको मधेसी जनता मात्रै हुन’ उपराष्ट्रपति पुनले भने, ‘अब देश विकास गर्न प्रदेश /प्रदेशबीच र स्थानीय तहबीच कडा प्रतिस्पर्धा हुनुपर्छ अनि मात्र देश समृद्धि बन्छ।’

उपराष्ट्रपति पुनले अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार भएकाले यसको निर्मूल गर्नका लागि सबै सरोकारवाला सक्रिय भएर लाग्नु गर्ने बताए। जानकी जयन्त्रीको चर्चा गर्दै उपराष्ट्रपति पुनले भने,‘जfनकी जयन्त्री मनाउनु भनेको महिला प्रतिको सम्मान हाे। जानकी जन्मेको यो पबित्र भूमिमा सीताका बिचारलाई जनमानससम्म पुर्‍याएर महिलामाथि हुने भेदभाव, हिंसा तथा महिलामा हुने उत्पीडनको अन्त्य वा न्यूनीकरणका लागि मद्दत पुर्‍याउँछ।’ 

उपराष्ट्रपति पुनले देशमा स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको पनि बताए। ‘देशमा विकास र समृद्धि नै प्रथामिकतामा रहेको छ। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन सवैको योगदान रहनु पर्छ' उनले थपे, ‘जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माण आजको आवश्यकता हो।’  

उपराष्ट्रपति पुनले नेपाल विविधतायुक्त समुदाय, धर्म, भाषा संस्कृतिले धनी भएकाले कसैसँग तुलना गर्न नसक्ने बताए। त्रेता युगमा जन्मेको महान नारी सीताको बिचारलाई पुन स्मरण र मनन गर्न जरुरी रहेको उनको भनाइ थियो। यसैबीच उपराष्ट्रपतिले समाजमा बिभिन्न योगदान पुर्‍याएका महिला तथा नगर उप प्रमुखलाई सम्मान पनि गरेका थिए। त्यस्तै राष्ट्रय स्तरका महिला फुटबल खेलाडीलाई पनि उपराष्ट्रपति पुनले सो कार्यक्रमा सम्मान गरेका थिए। 

सोही अवसरमा उपराष्ट्रपति पुनले तराइ मधेस जनयुद्ध शहीद प्रतिष्ठानको कार्यालयको भवन पनि उदघाटन गरेका थिए। कार्यक्रममा नेकपाका प्रदेश २ का अध्यक्ष तथा सो क्षेत्र ३ का संसद प्रभु साहले जानकी जयन्तीलाई आम मधेसवासीले स्मरण गर्नु पर्ने दिन भएको बताएका छन।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.