|

ओखलढुंगा : बलात्कारको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडासदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन्।

लामो समय देखी फरारको सूचिमा रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोममबार ओखलढुङ्गाबाट पक्राउ गरेको हो। लिखु गाउँपालिका–३ बाट निर्वाचित वडा सदस्य  श्रेष्ठविरुद्ध बलात्कारको आरोप लागेको थियो। स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीविरुद्ध उजुरी दर्ता भएको थियो।

निर्वाचित वडा सदस्य श्रेष्ठ आफैले  सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै चैत ७ गते बलात्कार गरेको उजुरी चैत ९ गते परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी थिइन्।

आरोपी श्रेष्ठका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्कविहीन भएका बुबालाई भेटाएपछि मुद्धाको बारेमा छलफल गराउनका लागि ओखलढुङ्गा ल्याउदै गर्दा प्रहरीले बाटोवाटै नियन्त्रणमा लिएको बताए। उनले भने, 'आरोप लागेपछि वास्तविकता बाहिर ल्याउन र मुद्धाको बारेमा छलफल गर्न हामी बुबालाई प्रहरी कार्यालयमा नै पुर्‍याउने उद्देश्यका साथ ओखलढुंगामा ल्याएका थियौं। तर प्रहरीले बाटोबाटै  नियन्त्रणमा लियो।'

आरोपी श्रेष्ठ पक्राउ परेको विषयमा जिल्ला प्रहरी कार्यालयले मंगलवार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.