|

कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय संग्रहालय अवलोकन गरेका छन।

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका छन। यहाँको राष्ट्रिय संग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन्। यो संग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रूपमा रहेको बताइएको छ। यहाँ एंकरवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ।

यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा संक्रमण देख्न सकिन्छ। यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ।

यहाँ एंकोरबाटमा प्राप्त  शिवका नवौँदेखि १३औँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन्। यहाँ कपडाका ऐतिहासिक वस्तु छन्। यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.