|
File Photo

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ कलुवापुरका १७ वर्षीय सुविल बडायक हत्याको अभियोगमा पक्राउ परेका चार जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कञ्चनपुरले मंगलबार आदेश दिएको छ।

अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीया शिवानी रानालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। पक्राउ परेका देवसिंह रानालाई ५० हजार रुपैयाँ धरौटीमा छाडन अदालतले आदेश दिएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।

सुविल शिवानीका पूर्वप्रमिका हुन्। सुविलको गत चैत २८ गते गाँउमा विवाह समारोह भइरहेका बेला डिजेमा नाच्ने बेला विवाद भई लखेटेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। प्रहरीले शव क्षतविक्षत अवस्थामा नजिकैको खोलामा गाडिएको अवस्थामा फेला पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.