|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत भएको बताएका छन्। उनले सेवाग्राहीहरू सहज एवं सहज सुलभ तरिकाबाट सेवासुविधा नपाउँदा तथा झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेकोले सेवा प्रवाहको प्रक्रियामा भ्रष्टाचार बढेको बताएका हुन्।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरधाममा भएको “प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा विषयक” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत भ्रष्टाचारको अन्त्यको शुरुवात माथिबाटै हुनुपर्ने उल्लेख गर्दै भने, ‘भ्रष्टाचार अन्त्यको शुरुवात अरुलाई भ्रष्टाचार नगर्नुसभन्दा पनि आफैँ नगर्न न त अरूलाई गर्न दिनुस्, र काम तलबाट हैन माथिल्लो निकायबाट सुरु गर्नुस्। अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ।’

नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दावी गर्दै उनले यसका लागि आफ्नै छातीमा हाथ राखेर अघि बढनुपर्ने बताए। नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरूमा आतंक सृजना गर्ने कार्य गरेको बताए।

जनकपुरधाम उच्च अदालतका मुख्यन्यायाधीश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रदेशसभा सदस्यहरू, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सहितले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.