|

बागलुङ : जिल्लाको गल्कोट नगरपालिका  ११ रिघा, तुतुङ्गामा मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी सोही ठाउँकी ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष डम्बर श्रीसले बताए।

मृतकको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय हरिचौरले लगेको छ। सोही स्थानमा गतवर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए। बागलुङमा मंगलबार दिउँसाेदेखि नै अविरल वर्षासँगै चट्याङ परेको थियो।

हावा हुरीसहित परेको वर्षाका कारण कयौं नागरिक प्रभावित भएका छन्। त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका ६ मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भीर घाइते भएका छन्। घ १ ज ५८२ नम्बरको ट्याक्सीले ठक्कर दिँदा स्थानीय ५० वर्षकी कुमारी थापा घाइते भएकी हुन।

थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारको लागि भैरवा पठाइएको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ। ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.