|

सुनसरी : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डाक्टर रामसरण महतले सरकार प्रचारमुखी मात्र भएको आरोप लगाएका छन्।

प्रेस युनियन सुनसरीले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डाक्टर महतले ओली सरकार अहिलेसम्मकै काम नलाग्ने सरकार भएको टिप्पणी गरे। देशमा सिन्कोसमेत नभाँचेकोले विकासको काम नभएको भन्दै अहिले सरकार प्रचारमा मात्र लागेको उनको भनाइ थियो।

प्रेस स्वतन्त्रताको विषयमा सरकार चुकेको भन्दै संसदमा अवरोध गर्नेसम्म चेतावनी उनले दिए। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादबले ओली सरकारका कारण जनता हैरान भएको आरोप लगाए।

देशमा दण्डहिनता बढ्दै गएको आरोप लगाउँदै सरकारले पत्रकारहरूको अधिकारसमेत कुण्ठित गरेको उनको भनाई थियो। सबै क्षेत्रलाई निराश बनाएर अघि बढ्न खोजेको भन्दै प्रेस काउन्सिल विधेयक फिर्ता गर्ने मागसमेत उनले गरे।

पूर्वसांसद तथा कांग्रेस नेता रामहरि खतिवडाले सरकारले पत्रकारहरूलाई बन्देज लगाउँने कामको कडा विरोध गर्ने बताए। सरकारको नकारात्मक कामको पत्रकारहरूले समाचार लेखेको विरोधमा काउन्सिल विधेयक ल्याएको खतिवडाको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.