|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी साइबर हमलाको अवस्था आउन सक्ने भन्दै अमेरिकी कम्युटरको नेटवर्क बचाउन राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। उनले कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन्।

जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्ध लगाएको छ। विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले आफ्नो आदेशमा कुनै कम्पनी विशेषको नाम भने लिएका छैनन्।

ह्वाइट हाउसको भनाइअनुसार राष्ट्रपति ट्रम्पको आदेशको आशय अमेरिकालाई विदेशी दुश्मनबाट बचाउनु हो। विश्लेषकहरूले राष्ट्रपति ट्रम्पको यो कदम चिनियाँ टेलिकम कम्पनी हुवावेप्रति लक्षित रहेको बताएका छन्।

अन्य केही देशहरूले पनि चीनले निगरानीका लागि हुवावेका उपकरणहरुको  प्रयोग गरेको आरोप लगाउँदै आएका छन्। हुवावेले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको छ। उसले आफ्ना उपकरणहरूले कसैको नोक्सानी नगरेको र जासुसीको जोखिम नरहेको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.