|
प्रतिकात्मक तस्बिर

सुनसरी : जिल्लाको इनरुवास्थित सुनसरी पुलनजिक तीनवटा सवारी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। अन्य ९ जना घाइते भएका छन्। इनरुवा-४ मा को२ह १४४८ नम्बरको सिटी सफारी र को१च ७०५१ नम्बरको मारुती भेनलाई ना६क १८९९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

सिटी सफारीमा चढेका यात्रु कोसी गाउँपालिकाका ४५ वर्षीय भरत साहको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भेन चालक बराहका नगरपालिकाका ७५ वर्षीय कृष्णप्रसाद नेपाल, सिटी सफारी चालक कोसी गाउँपालिकाका ४८ वर्षीय किशोर साह गम्भीर घाइते छन्।

यस्तै,  दुर्घटनामा मनोज राय, विनोद राम, भ्यान चालक घनश्याम कार्की, विन्दा कार्की, आयुशा कार्की, सिजन कार्की घाइते भएको १ नम्बर ट्राफिक प्रहरी कार्यलय इटहरीका असई ज्ञानु देउजाले बताए। घाइतेहरूलाई उपचारका लागि विराटनगर लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.