|

धनकुटा : शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण अन्तरगत शुक्रबार फाइनल खेल हुँदैछ।

शुक्रबार हुने फाइनल खेलमा उपाधिका लागि विदेशी क्यामरुनी क्लब दाफिन्स र विभागिय टीम सशस्त्र प्रहरी बल (एपिएफ) फाइनलमा भिड्दै छन्।  खेल दिउसो ३ बजे पछि धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा हुनेछ।

विदेशी टीम दाफिन्सले मोरङको विन्दबासिनी फुटबल क्लवलाई २–० को गोलअन्तरले पराजित गर्दै प्रवेश गरेको हो भने विभागिय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले विर्ता युनाइटेड क्लब झापालाई १–० गोलको अन्तरले पराजित गर्दै दाफिन्ससँगको फाइनल भेट पक्का गरेको हो। 

दाफिन्सले पछिल्लो समय नेपालका हरेकजसो प्रतियोगितामा उपाधि कब्जा गर्दै आएको टीम हो भने विभागिय टीम एपिएफ ए डिभिजन लिगमा खेल्ने खेलाडीले भरिएको टीम हो।

गत शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न विभागीय तथा दुई अन्तर्राष्ट्रिय टिमसहित ८ टीमको सहभागिता रहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगितामा विजेता टिमले चार लाख रुपैयाँ र ट्रफि तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.