|

पर्वत : ‘माया तिम्रो गरेर फिक्री, आउँछ ज्वरो एक सयचार डिग्री’ मायाका यस्तै शब्द कोरिएको गीत लिएर लोकगायिक लक्ष्मी न्यौपाने (रेग्मी) बजारमा आएकी छिन्। लामो समयसम्म नेपाली लोक सांगीतिक क्षेत्रमा राज गरेकी गायिका न्यौपाने आफ्नाे नयाँ गीत ‘लै बरी लै’ को साथमा बजारमा आएकी हुन्। 

पछिल्लो समय उनले तीजमा मात्र गीत बजारमा ल्याउने गरेकामा उनले बजारमा चलिरहेका नाच्न मिल्ने गीतकै शैलीको गीत सार्वजनिक गरेकी हुन्। गीतमा न्यौपाने आफैँले र उनका श्रीमान झलक रेग्मीले स्वर दिएका छन्।

म्यूजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन् भने सुरेस श्रेष्ठको छायांकन रहेको छ। गीतको म्यूजीक भिडियोमा सन्दिप न्यौपाने र करिश्मा ढकालले गरेका छन्। आफू समय समयमा गीतहरु बजारमा नल्याएको कारण आफूलाई सांगीतिक क्षेत्रबाट हराएको भन्न नमिल्ने उनको भनाई छ।

‘म हराएकी छैन। बेला बेलामा गीत ल्याएकी छु, स्रोता र दर्शकको माझमा नै छु’ न्यापानेले भनिन्। 

हेर्नुहोस भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.