|

इलाम : स्पेनलाई विश्वकपको उपाधी दिलाएका रियल मड्रिडका पूर्वगोलरक्षक इकर कासिलास फुटबलबाट सन्न्यास लिने भएका छन। पोर्चुगिज क्लब पोर्टोबाट व्यावसायिक फुटबल करियर अगाडि बढाएका उनले कुनै पनि समय सन्न्यास घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

गत मे १ तारिकका दिन पोर्टोमा ट्रेनिङका क्रममा उनलाई हृदयघात भएपछि ५ दिन अस्पतालमा राखिएको थियो। हृदयघात भएपछि डाक्टरले खेल जीवनमा नफर्कन सुझावका कारण ३७ वर्षीय कासिलासले सन्न्यास लिने भएका हुन।

‘अहिले आराम महसुस गरिरहेको छु । मलाई थाहा छैन मेरो भविष्य के हुने’ अस्पतालबाट डिस्चार्ज भएपछि उनले भने ‘म आफैँले आफूलाई भाग्यमानी ठानिरहेको छु।’ 

स्पेनको राष्ट्रिय टोलीबाट १६७ क्याप जितेका उनले सन २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोकप जितका थिए। रियलबाट ७ सय खेल खेल्दै उनले ३ च्याम्पियन लिग र पाँच ला लिगा जिताएका छन। पोर्टोसँगको उनको अझै १ वर्ष सम्झौता अवधी बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.