|
प्रतीकात्मक तस्बिर

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा छोराले बन्चरो प्रहार गरी बावुको हत्या गरेका छन्। जेठ १ गते राति आफ्नै बुवालाई छोरा विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोखरेलले बन्चरो प्रहार गरी ७४ वर्षीय रत्नलाल शर्मा पोखरेलको हत्या गरेका हुन्।

घरमा बावु छोरा मात्र भएको अवस्थामा लागुपदार्थ गाँजा सेवन गरी आपसी झै-झगडापश्चात बाबुको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुमान गरेको छ।

बुहारीले ससुरालाई फोन गर्दा फोन नउठाएपछि घरमै गएर हेर्दा कोठाभित्र रगत देखेपछि प्रहरीलाई खबर गरिएको थियो। खबर पाएलगत्तै प्रहरी टोली घटना स्थलमा पुगेको थियो।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरियाबाट आएको टोलीले घटनास्थलमा पुगी शंकास्पद अवस्थामा गाडिएको ठाउँ उत्खनन गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको बर्दियाका डिएसपी मदन महराले जानकारी दिए।

उत्खनन गर्दा शवको शरीर र टाउको अलग रहेको प्रहरीले जनाएको छ। घरमा बावु छोरा मात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.