|

बुटवलः प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा भन्ते (भिक्षु) हरुलाई दान गरेका छन्। २५६३ औं बुद्ध पूर्णिमा मनाउन लुम्बिनी आएका प्रधानमन्त्री ओलीले ९ जना वरिष्ठ भन्तेहरूलाई अष्ट परिकार दान गर्दै उक्त कार्यको शुभारम्भ गरेका हुन्। आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा १ सय जना भन्ते र ५० जना गुरुआमालाई संघ दान गरिएको हो।  प्रधानमन्त्री ओली र प्रधानमन्त्री ओलीकी राधिका शाक्यले संयुक्तरूपमा शुभारम्भ गरेको उक्त कार्यक्रममा भिक्षुलाई चाहिने ड्रेस/ पोसाक कपाल काट्ने लगायतका सामाग्रीसहित सियो तथा धागोसमेत दान गरिएको छ।

भन्तेहरुलाई अष्टपरिकार दान गर्दै प्रधानमन्त्री ओलीले बुद्धका सन्देश संसारमा छर्नुपर्ने बताएका छन्। बुद्धको सन्देशलाई नेपालबाट विश्वभर पुर्‍याउने अठोट गरिएको उनले बताए। यसका लागि बुद्ध जन्मस्थल लुम्बिनीको सहीरूपमा विकास गरिएको भए पनि यो  विकास भने केही ढिलो र सुस्त गतिमा भएको प्रधानमन्त्री ओलीले बताए।

‘अब यस्तो हुँदैन।’ उनले भने, ‘लुम्बिनीको विकासमा नेपालले २८ ओटा बौद्धमार्गी देशहरूसँग  देशहरूसँग सहकार्य गरी अगाडि बढ्नेछ।’ उनले यी देशहरूसँगको सहकार्यलाई पुनर्जीवन दिनेगरी काम गर्ने बताए। लुम्बिनीको विकासमा केन्द्रित भएर लाग्नुपर्ने बताउँदै ओलीले भने,‘प्रवेश गर्दा स्वर्गीय अनुभूति हुनेगरी विकास गर्नुछ।’

यसअघि, प्रधानमन्त्री ओलीले बिहानै नयाँ लुम्बिनी ग्राममा वृक्षारोपण गरी २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गरेका थिए। नयाँ लुम्बिनी ग्राममा आँपको विरुवा रोप्दै प्रधानमन्त्री २५ सय ४३ वटा वृक्षारोपण गर्ने लुम्बिनी विकास कोषको कार्यक्रम सुरु गरेका हुन्। वृक्षारोपणपछि प्रधानमन्त्री ओलीले म्युजियम अगाडि नेपालमा अहिलेसम्मकै सबभन्दा अग्लो राष्ट्रिय झण्डा फहराएका छन्।  अहिले बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमको तयारी गरिएको छ। लुम्बिनीस्थित सम्मेलन हलमा उद्घाटन कार्यक्रमको तयारी गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.