|
File Photo

धनगढी : युवतीलाई रूखमा बाँधी जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ। कैलालीको कैलारी गाउँपालिका-८ लोहरपुरका २४ वर्षीय मनिष चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

गत फागुन १८ गते कैलारी गाउँपालिका-६ मसुरिया र कनरी बीचमा रहेको भरताल जङ्गलमा चौधरीले धारिलो हतियार चक्कु देखाई जबरजस्ती गर्न खोजेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जबरजस्ती करणी गर्न खोज्दा साइकल सडक छेउमै रहेको र पर्समा पैसासमेत रहेको बताएपछि चौधरी मोबाइल र पैसा लिन गएका थिए त्यहि बेला उनी भागेकी हुन्।

घटनालगत्तै चौधरीलाई धनगढी उपमहानगरपालिका वडा नम्बर–७ मनहेरा शिविरबाट शुक्रवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

प्रहरीले उनको साथबाट मोबाइलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.