|

काठमाडौं : यही जेठ १० गतेदेखि राजधानी काठमाडौंमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेश्नलले सनिबार राजधानीमा पत्रकार सम्मेलन गरि ‘एक्सपर्ट पीएम कप’ को तेश्रो संस्करण बारे जानकारी गराएका हुन्। जेठ १० देखि २५ गते सम्म हुने प्रतियोगिताका खेलहरू कीर्तिपुर र मूलपानी खेल मैदानमा हुने भएको छ।

प्रतियोगितामा ३ विभागीयसहित ७ वटा प्रदेशका १० टिमले सहभागीता जनाउने छन्। समूहका शीर्ष २–२ टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैया रहेको छ। परिषद्ले ८० लाख उपलब्ध गराउनेछ भने बाँकी नेपालय इन्टरनेश्नलले प्रायोजकको सहयोगमा लगानी गर्ने भएको छ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५०/५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज भित्रिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.