|

उदयपुर : उदयपुरका आठ स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरणमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले बराबरी भागबण्डा गरेका छन्। नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाले चार स्थानीय तह पूर्वएमालेको भागमा परेको छ भने चार स्थानीय तह पूर्वमाओवादी केन्द्रले पाएकाले जानकारी दिए।

पूर्वएमालेको भागमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, उदयपुरगढी गाँउपालिका र लिम्चुङबुङ गाउँपालिका परेको छ। यसैगरी पूर्वमाओवादी केन्द्रले कटारी नगरपालिका, बेलाका नगरपालिका, रौतामाई गाँउपालिका र ताप्ली गाँउपालिकाको नेतृत्व पाएको छ।

पार्टी केन्द्रमा एकता भएको करिब एक वर्षपछि जिल्ला र स्थानीय तहको एकता भएको हो। केही साताअघि जिल्लामा अध्यक्ष र सचिवको जिम्मेवारी तोकेपछि एकता प्रक्रियाले गति लिएको हो। ‘जिल्ला समितिको नाम टुङ्ग्याउने प्रक्रियामा छौं,’ अध्यक्ष कटुवालले भने, ‘जिल्ला समितिको नाम टुङ्गिएपछि स्थानीय तहका नेकपाको नयाँ कार्यसमिति टुङ्ग्याउँदै जाने तयारीमा छलफल गरिरहेका छौँ।’

उदयपुरमा नेकपा जिल्ला अध्यक्ष कटुवाल पूर्वमाओवादी केन्द्रका जिल्ला संयोजक हुन्। सचिवमा पूर्वएमालेका जिल्ला अध्यक्ष इश्वरमणि राउतले पाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.