समाज : सुरक्षा/अपराध

म्यासेन्जरबाट महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ
SHARES

जेठ ७, २०७६

    पर्वत : सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका-६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन्।

    नेपाली नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्।

    अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेकोमा मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]