|
File Photo

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरूलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपादान दिन सरकारसँग माग गरेका हुन्।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क पनि गरे।

नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपादानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराए। उनले मुख्य सचिवको नियुक्ती मन्त्रिपरिषद् बैठकले गर्न नहुने धारणा पनि राखे।

समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.