|

हेटौंडाः ३ नम्बर प्रदेशसभाका सांसद पुकार महर्जनले सरकारले मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रतालाई कण्ठित गरेको आरोप लगाएका छन्। 

प्रदेश ३ को आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा बोल्दै संघिय सरकारले पत्रकारहरुको मुख थुन्ने काम भइरहेको नेपाली कांग्रेसका सांसद महर्जनले आरोप लगाएका हुन्।

उनले मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी कुरा हटाउनु पर्ने माग समेत गरेका छन्। विनियोजन विधेयकमाथि बोल्दै प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले भौगोलिक विकटतालाई मध्यनजर गर्दै बजेट निर्माण गर्नुपर्ने बताए।

यस्तै सत्ता पक्षको सांसद जगतप्रसाद सिम्खडाले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थितिले विनियोज विधेयकबाट उत्साहित हुन नसकेको बताए। उनले सामाजिक न्यायको आधारमा गाउँको विकास केन्द्रीत बजेट विनियोजन गर्नसमेत सरकारसँग आग्रह गरे। 

यस्तै प्रदेशसभा सदस्य जीवन खड्काले सार्वजनिक जग्गाको सदुपयोग गर्नुपर्ने भन्दै बजेटमा सार्वजनिक जग्गा संरक्षण गर्नको लागि स्थान दिनुपर्ने बताए। यस्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नीमा लामाले बजेट कार्यान्वयन गर्ने परम्परागत शैली परिवर्तन गर्नुपर्ने पनि बताएका छन्।

मंगलबार भएको प्रदेश सभाको बैठकमा “प्रदेश स्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक”माथि सैद्धान्तिक छलफल पनि भएको छ। प्रदेशसभाको अर्को बैठक बुधबार ३ बजेलाई बोलाइएको छ।

पूर्वकानुन मन्त्री लामा दर्शक दीर्घामा

मंगलबार प्रदेशसभाको बैठकको दर्शक दीर्घामा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ बसेका थिए। संसदमा अतिथि नहुँदा उनी दर्शक दीर्घामा बसेका हुन्।

संसद बैठकपछि बाहिर निस्किएका नेकपाका नेता लामाले संसदीय अभ्यास ठीक भए पनि हलको उचित व्यवस्था नभएको टिप्पणी गरे। उनले संघीय संसदको पनि आफ्नै हल नभएको भन्दै प्रदेशको स्थायी राजधानी चाँढै टुंगो लगाएर संसद भवनको उचित व्यवस्थापन गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.