|

सुन्दर फूल फुल्ने र सुगन्ध आउने एउटै गतिलो रुखबाट जसरी वन नै सुवासित हुन्छ, त्यसरी नै सुपुत्रबाट कुल। तर आगो लागेको एउटै सुकेको रुखले वन सखाप पारिदिन्छ, त्यसरी नै कुपुत्रले कुललाई नष्ट पारिदिन्छ।

एउटै भए पनि सुसंस्कृत छोराबाट उसको कुल त्यसैगरी उज्ज्वलित हुन्छ, जसरी चन्द्रमाका कारण रात। त्यस्ता धेरै छोराहरूबाट के लाभ जो शोक–सन्ताप मात्र उत्पन्न गराउँछन्। कुललाई सहारा दिने एउटै छोरो नै पर्याप्त छ जसबाट कुलले आधार पाउँछ।

त्यस्ती गाईबाट के लाभ जो  न त दूध दिन्छे न त गर्भिणी नै हुन्छे। त्यस्तै छोराछोरीबाट के फाइदा, जो न त विद्याले युक्त छन्, न त आमाबाबुको अनुकूलका नै।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.