|

 मुगु : नेपाली सेना श्री दल गुल्म राराको आयोजनामा भएको प्रथम रारा ट्रेल रन प्रतियोगिताको प्रथम उपाधी जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का दुर्गबहादुर बुढाले जितेका छन्।  

बुढाले ताल वरिपरी १५ किलो मिटरको  दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरि एक लाख नगद पुरस्कार हात पारे।   त्यस्तै जुम्ला कनका सुन्दरी–१ का धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नवराज सावत तेस्रो, भिमबहादुर बुढा चौंथो र कनकासुन्दरी–१ का प्रकाश कठायत पाँचौ भए।  उनीहरुले क्रमश: ६० हजार, ४० हजार, २० हजार र १० हजार नगदसँगै प्रमाणपत्र हात पारे।

अन्तराष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाली सेनाले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो।  प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा देश भरिका १ सय ३० जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा उत्तर  पश्चिम पृतनाका पुतना पति उपरथि सरोजप्रताप राणाले उद्घाटन गरेका थिए। 

खेल पर्यटनलाई प्रर्बद्धन गर्न र जैविक विविधता संरक्षण गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.