राजनीति

छाया सरकार २०-३० वर्ष टिकोस्, शुभकामना : सांसद बस्नेत
SHARES

जेठ ८, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छाया सरकारप्रति सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले व्यंग गरेका छन्।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतले सत्ता स्वादबाहिर बस्ने नसक्ने कांग्रेसले छाया सरकार गठन गरेको भन्ने कुरा आफूलाई त्यस्तो नलागेको बताए। उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताए।

    'संवाद र सहकार्यको लागि गठन गरेको होला। संवाद र सहकार्य अगाडि बढाओस्। रचनात्मक प्रतिपक्ष भूमिका र आलोचनात्मक समर्थन गरेर अगाडि बढोस्', सांसद बस्नेतले भने, '४८ सदस्यीय मन्त्रिमण्डल गठन भएको रहेछ। कार्यकाल २०-३० वर्ष रहोस्, शुभकामना!'

    संसद बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकको विरोधमा र प्रतिपक्षी राजपाले मधेस र थारुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराएपछि सदनको कारबाही अगाडि बढेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]