|
प्रतीकात्मक तस्विर

बैतडी : गुडिरहेको जिपबाट हाम फाल्दा एकजनाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका ६ का ४० वर्षीय राज कोलीको मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।  

बिहीबार बेलुकी गिरेगडाबाट देहीमाडौं आइरहेको म १ ज ११९ नम्बर जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाँउमा हाम फालेको बताइएको छ। जिपले अर्को गाडीलाई ‘साइड’ दिने क्रममा हाम फाल्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल लैजादै बाटोमै कोलीको मृत्यु भएको हो। 

कोलीको मृत्यु भएपछि चालक जनक जोशी जिप छोडेर भागेका थिए। भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.