|
File Photo

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भीर नभएको आरोप लगाए।

अध्यक्ष शर्माले सरोकारवाला निकायसँग छलफल नै नगरी किन राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदमा पेश गरेको ? भनि सरकारलाई प्रश्न पनि गरे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानव अधिकारसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय फोरमहरूमा प्रतिबद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दावी पनि गरे।

अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानव अधिकार हनन्को घटना बढदै गइरहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.