ममतलाई ठूलो झट्का, क्षेत्रीय दल झन् कम्जोर

|

नयाँ दिल्ली : १७ औँ लोकसभामा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी सबैभन्दा ठुलो पार्टी बनेको छ। उसले एक्लै ३०३ सिट हासिल गरेको छ। बहुमतका लागि आवश्यक २७२ सिट थियो । तर भाजपा एक्लैले यो आँकडा भन्दा धेरै सिट ल्याएको हो।

भाजपासहितको गठबन्धन एनडीएले ३५२ सिट जितेको छ। कांग्रेसले केबल ५२ सिटमा चित्त बुझाउनुपरेको छ। उसको गठबन्धन युपिए यसपटक ९६ सिटसम्म पुगेको छ। 

कांग्रेसको सहयोगी द्रमुक तेस्रो नम्बरमा रहेको छ। सन् २०१४ मा खातासमेत नखोलेको द्रमुकले यस पटक २३ सिटमा जित हासिल गरेको छ। उत्तरप्रदेशमा बहुजन समाजवादी पार्टीले १० सिट जित्न सफल भएको छ। मायावतीको पार्टीले सन् २०१४ मा एउटा पनि सिट जितेको थिएन।

यी पार्टीलाई फाइदा

भाजपाले सन् २०१४ मा २८२ सिट जित्न सफल भएको थियो। उसको गठबन्धन एनडिएले ३३६ सिटमा जित निकालेको थियो। भाजपाले पछिल्लो पटक भन्दा यो पटक २१ धेरै सिट जितेको छ। सन् २०१४ मा ९ सिट मात्रै जितेको वाईएसआर कांग्रेसले यस पटक २२ सिट जितेको छ।

भाजपाको सहयोगी जनता दल युनाइटेडले बिहारनमा १७ सिटमा बाजी मारेको छ । पछिल्लो पटक जनता दल एनडीएबाट अलग्गै चुनावी मैदानमा थियो । उसले त्यसबेला केबल २ सिट जितेको थियो। 

अन्‍नाद्रमुक, तृणमूल, तेदेपा र बिजदलाई क्षति

यस चुनावमा एनडिएले राम्रो प्रदर्शन गरे पनि तमिलनाडुमा अन्‍नाद्रमुकलाई ठुलो क्षति भएको छ। अन्‍नाद्रमुक यस पटक केबल एक सिटमा समेटिएको छ। सन् २०१४ मा अन्‍नाद्रमुकले अलग्गै चुनाव लडेको थियो। त्यो बेला उसले ३७ सिट जितेको थियो।

यसका अलावा आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडुको पार्टी तेदेपालाई ठुलो क्षति भएको छ । उसले सन् २०१४ मा १६ सिट जितेको थियो। यस पटक केबल ३ सिटमा समेटियो।

बंगालकी मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कांग्रेसले यस पटक ठुलो नोक्सानी ब्यहोर्नुपर्‍यो। सन् २०१२४ मा बंगालका ४२ मा ३४ सिटमा तृणमूलले जितेको थियो । यो पटक उसले २२ वटा मात्रै सिट जितेको छ। 

उता, ओडिसामा पनि बिजदको सिट घटेको छ। सन् २०१४ मा मोदी लहरका बावजूद २० सिट जितेको बिजद यस पटक केबल १२ सिटमा समेटिएको छ। उता कश्मीरमा महबुबा मुफ्तीको पार्टी पीडीपीले एउटै सिट जितेन। अघिल्लो चुनावमा उसले ६ मध्ये ३ सिटमा जित निकालेको थियो । 

लालुको पार्टी जिरो, सपा ५ सिटमा

बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलले यस पटक खाता नै खोल्न सकेन। अघिल्लो चुनावमा राजदले ४ सिटमा जित निकालेको थियो । 

उता  उत्तरप्रदेशमा समाजवादी पार्टीले आफ्नो ५ सिट बचाउन सफल भएको छ। यादव परिवारका दुवै सदस्य अखिलेश यादव र मुलायम सिंह यादवले जित दर्ता गराएका छन्। तर यादव परिवारकै अन्य तीन सदस्य पराजित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.