|
www.wikihow.com

पछिल्तिर काम बिगार्ने तर, अघिल्तिर हुँदा मीठो बोल्ने, ठिक्क पार्ने मित्रलाई 'मुखमा दूध र भित्र विषले भरिएको घडा'लाई छाडेझैँ छाडिदिनु भन्छन्, नीतिकार चाणक्य।

दूराचारी, कुदृष्टि राख्ने, खराब ठाउँमा बस्ने दुर्जन व्यक्तिसँग जसको मित्रता हुन्छ, त्यो पनि छिटै नष्ट हुन्छ। बरु मित्र नभएकै राम्रो, कुमित्रसँग सम्बन्ध राख्नु राम्रो होइन। नीच मित्रबाट आनन्द कहाँ पाइन्छ।

कुमित्र (खराब साथी) माथि कुनै प्रकारले विश्वास गर्नुहुँदैन नै, सुमित्र (असल साथी) माथि पनि अति विश्वास गर्नु हुँदैन। कथंकदाचित मित्र रिसायो भने तपाईँको गोप्य कुरा खोलिदिन्छ।
  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.