|

काठमाडौं : लोकदोहोरी क्षेत्रका सफल सर्जक वसन्त थापाको नयाँ गीत ‘लोभी आँखा’ सार्वजनिक भएको छ। आफ्नो मन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा वसन्त थापा र लक्ष्मी मल्लको स्वर रहेका छ। कृष्ण केसीका शब्द रहेको गीतमा थापाकै लय रहेको छ।

गीतको एरेन्ज आशीष अविरलले गरेका छन्। अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेल अभिनय देख्न सकिन्छ भने निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका छन्। गीतमा रामेश्वर कार्कीको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ।

यसअघि थापाले संगीत भरेको र अभिनय गरेको 'उही खोलीमा माछी', 'जाम सुस्तै', ‘सालको पात टपरी हुने’ लगायतका गीतहरू दर्शकको अत्याधिक रोजाइमा परेका थिए।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.