|

काठमाडौं : सार्वजनिक सवारी साधनबाट फोहर फाल्न नपाइने व्यवस्था लागू गरिएसँगै काठमाडौंका मुख्य बसपार्कमा जनचेतना अभियान सन्चालन गरिंदैछ। 

खुलामञ्चमा रहेको बसपार्क, गोंगबु, नयाँ बसपार्क र लगनखेल बसपार्कमा अहिले चालक, सहचालक र यात्रुलाई सचेतना जगाउने कार्यक्रम भइरहेको छ। अभियानका क्रममा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र र व्यवसायीको पहलमा निशुल्क डस्टविन समेत वितरण गरिनेछ। यातायात व्यवसायीसँगको सहमतिमा सरकारले शुक्रबारदेखि सवारी साधनबाट सडकमा कुनै पनि फोहर फाल्न र थुक्न समेत प्रतिबन्ध लगाएको छ। 

नियम नमान्नेलाई कारवाहीमा कडाई गर्नु अघि यो महिनाभर देशभरका सार्वजनिक यातायातमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने कार्यक्रम छ। सवारीसाधनबाट सार्वजनिकस्थल तथा सडकमा फोहर फाल्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई ५ सय देखि ५ हजार रुपैंयासम्म जरिवाना र तीन महिनासम्म कैदको सजाय हुनेछ। 

यस्तै मर्करी जस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइए एक लाख रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ। सडकमा थुक्नेलाई समेत ५ सय रुपैंया जरिवाना तिराइने छ। फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र सवारीबाट सार्वजनिक स्थल वा सडकमा फोहर फाल्नेको नाम सार्वजनिक गर्न स्थानीय निकायलाई निर्देशन दिइसकेको छ। फोहोरमैला व्यवस्थापनका लागि सार्वजनिक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.