|

दार्चुला : दुई छुट्टा-छुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। दार्चुलाको महाकाली नगरपालिका २ जाखका २ जना र शैल्यशिखर ३ देथलामा १ जनाको मृत्यु भएको हो।

शनिबार राति सुतिरहेको अवस्थामा एक जना अज्ञात व्यक्तिको सांघातिक आक्रमणमा परी ७० वर्षीया द्रोपति महरको घटनास्थल मै र घाइते ७५ वर्षीय वीरभान महरको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो। स्थानीय स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत करुणा धामी भने आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

अनुसन्धान गर्न कुकुर आउँदै 

महकाली नगरपालिका २ जाखमा भएको घटनाको अध्ययन अनुसन्धान गर्न धनगढीबाट तालिम प्राप्त कुुकुर दार्चुला ल्याइँदै छन्। खलंगा–काँटै–दल्लेक सडकको जाख खण्डमा सडक छेउमा पसल गरी बस्ने महर दम्पत्ति अज्ञातको हमलामा परेर मरेका हुन्। नातिसहित सुतिरहेको अवस्थामा राति करिब १२ बजेतिर  कुटपिटबाट दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हिम्मतबहादुर बोहराले जानकारी दिए।

अनुसन्धान गर्न कुकुरसहितको टोली नपुलेकाले घटना स्थलमै मृत्यु भएकी द्रोपतिको शव पोष्टमार्टमका लागि उठाइएको छैन। उनका पति वीरभानको शव भने जिल्ला अस्पतालमा राखिएको छ। घटनामा घाइते भएका उनीहरूका नाति लोकेश महरलाई भने थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाले रिफर गरिएको छ।

घटना स्थलको सुरक्षाका लागि प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराको टोली घटना स्थलमा खटिएको छ भने सोधपुक्षका लागि केहीव्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ। जिल्ला सदरमुकामबाट करिब ३ किलोमिटर पूर्वतिर पर्ने घटनास्थल प्रहरीचौकी दल्लेकबाट करिब ९ किलोमिटर पश्चिममातिर पर्दछ।

घटनास्थल बस्तीबाट टाढा रहेकाे छ। लोकेश विद्यालय नगएपछि  सोधपुछि मात्रै घटनाका वारेमा विहान करिब आठ बजेतिर मात्रै प्रहरीलाई जानकारी आएको जनाइएको छ। घटनापछि सादा पोशाकमा प्रहरी परिचालन गरी सबै नाकामा चेकजाँच बढाइएको प्रहरीले जानकारी दिएको छ।

अनमी झुण्डिएकाे अवस्थामा

स्वास्थ्यचौकी देथलामा २०७२ सालदेखि कार्यरत अनमी  करुणा धामी आफ्नै डेरा (कोठा) मा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। शैल्यशिखर नगरपालिकाका उपप्रमुख राजमति बमपालको घरमा डेरागरी बस्ने धनगढी घर भई नौगाड गाउँपालिका ४ सिप्टीकी धामी कोठामै झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

घटनास्थलबाट इलाका प्रहरीचौकी प्रमुख इन्सपेक्टर सुरज खड्काले जाकारी दिएकाे स्वास्थ्य चौकी प्रमुख दुर्गादत्त भट्टले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.