|

उदयपुर : बलात्कारको आरोपमा त्रियुगा नगरपालिकाबाट दुई जना पक्राउ परेका छन्।

आइतबार उदयपुरको त्रियुगा नगरपालिका–७ पिपलचोकमा युवती र वडा नम्बर १६ को कसेनीखोलास्थित जंगलमा महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिसपी हरिकृष्ण केसीका अनुसार पिपलचोकस्थित खेतमा आइतबार राति २१ वर्षीया युवतीलाई बलात्कार आरोपमा सोही ठाउँका ५२ वर्षीय धनबहादुर दनुवार पक्राउ परेका छन्। 

यस्तै, वडा नम्बर १६ कसेनी खोलास्थित जंगलमा आइतबारै ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय भीमबहादुर तामाङ पक्राउ परेका हुन्।

पक्राउ परेको दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.