|
justdial.com

विदुर नीतिअनुसार अग्निबाट सुन जाँचिएजस्तै सदाचारबाट सत्पुरुषको परीक्षा हुन्छ। व्यवहारले साधुको, भय आएको वेला शूर (बहादुर) को, आर्थिक कठिनाइमा धीर व्यक्तिको र कठिन परिस्थितिमा मित्रको परीक्षा हुन्छ।

काममा लगाउँदा सेवकको परीक्षा हुन्छ। दुःख आइपर्दा आफन्तको, आपतकालमा मित्रको र धनसम्पत्ति नाश हुँदा श्रीमतीको परीक्षा हुन्छ भन्छन्, चाणक्य।

बिरामी पर्दा, कष्ट आइपर्दा, अनिकाल पर्दा, शत्रुहरूबाट संकट आइपर्दा र श्मसानमा जसले साथ दिन्छ त्यो नै मित्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.