|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको लगि बजेट सार्वजनिक गरेका छन्।  उनले बुधबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्।

कर्मचारीको तलव वृद्धि, वृद्ध-वृद्धाको भत्ता वृद्धि, स्थानीय विकास पूर्वधार साझेदारको रकम वृद्धि लगायतका वितरणमुखी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रममा बजेट विनीयोजन गरिएको छ।

त्यस्तै राष्ट्रिय गौरवका आयोजनलाई विशेष प्राथमिकता दिएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनलाई रकम विनीयोजन गरिएको छ। ऊर्जा, पुर्वधार, पुनर्निर्माण तथा सिँचाइका कार्यक्रमलाई बजेटले विशेष फोकस गरेको छ। 

आर्थिक वर्ष २०७६/७७ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १५ खर्ब ३२अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । कूल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ५६ अर्ब रुपैयाँ र पूँजीगततर्फ  चार खर्ब आठ अर्ब छ। वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ९ खर्ब ८१ अर्ब वैदेशिक अनुदानबाट ५७ अर्ब ब्यहोर्ने जनाइएको छ। न्यून हुने बजेट पूर्तिका लागि वैदेशिक ऋणबाट दुई खर्ब ९८अर्ब जुटाइने भएको छ। राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद  १ खर्ब.९५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताइएको छ । 

पढ्नुस् बजेटको पूर्ण पाठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.