|

काठमाडौं : सरकारले पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याइएको बताएका हुन्।

यस्तै, सरकारले पर्वतीय, कृषि, जल, खेल, पर्यटनसहितलाई समेटेर एकीकृत पर्यटन विकासको लागिसमेत बजेट छुट्याएको छ। सरकारले ताप्लेजुङसम्म हिमालय हरित पदमार्गको विकास गर्ने,  रारा क्षेत्र राष्ट्रिय प्रवर्द्धन गन्तव्‍य बनाइने महाभारत क्षेत्रलाई बिदा मनाउनेस्थल बनाउने र पर्यतको विकास गर्नको लागिसमेत बजेट छुट्याएको बताएको छ। केबल कार प्रयोग लागि केवलकारको निर्माणका लागिसमेत बजेट छुट्याएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.